प्रभु अर्जी सुनिलेऊ
D6/8
Chorus
प्रभु अर्जी सुनिलेऊ (२), गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ
Verse
पिता, पुत्र, पवित्रात्मा, अर्जी हाम्रो लेऊन्
आगो मेघको खाँबो उभ्याई बाटो देखाइदेऊन् ।
Verse
पूर्व, दक्षिण, पश्चिम दिशा अनेक धर्मका जन छन्
उत्तर तिब्बत, मध्ये नेपाल गोर्खालीका कूर छन् ।
Verse
थापाथली, भाद्गाउँ, पाटन, काठमाण्डू छन् शहर
तिनलाई तिम्रो भक्ति पार्नु, प्रभु हाम्रो रहर ।
Verse
उठ भाइ हो, जानै पर्छ, पचाई निन्दा, लाज
धन, जन, चैन र सुख त्यागी, गर्नु धर्मकाज ।