KB · Hymns · #414
सुसमाचार फैलाऊ, हे भाइ-बहिनी हो
Am2/2
Chorus
सुसमाचार फैलाऊ, हे भाइ-बहिनी हो
प्रचार दुइ-दुइ जोड़ा भई हे शिष्य,
दुइ-दुइ जोड़ा भई
Verse
नजीकै आयो राज्य स्वर्गको,
छाती फुकाई गर प्रचार
मानव पापीलाई...
है शिष्य, बचाउन यिनैलाई ।
Verse
भ्रममा परी हराएको दुनियाँ,
माया-मोहमा परेको
लाचार सहायताविना...
हे शिष्य, लौ गरन प्रचार ।
Verse
येशू ख्रीष्ट आए गर्न उद्धार,
सुनाइदेऊ समाचार मनमा लिई
मेरो प्यार, हे मेरो परिवार...
हे शिष्य, वचन जीवनको ।
Verse
उत्तर दक्षिण पूर्व पशिचम,
सुनाईदेऊ कुल संसार, येशू ख्रीष्ट
तारणहार गाई ताली बजाई,
हे शिष्य, येशू ख्रीष्ट तारणहार ।