KB · Hymns · #41
जस्तै ज्योतिषीहरूले ज्योति हेरे
G4/4Translated
Verse
जस्तै ज्योतिषीहरूले ज्योति हेरे ताराको, जस्तै त्यस उज्यालोमै
अघि बढ़े रमाउँदै, त्यस्तै हामी अगुवाइ पाऔँ तपाईंको सन्मुखमा आऔँ ।
Verse
जस्तै गरे खूब हतार भेट्न बालक तारणहरू, जस्तै हेरी स्वर्गनाथ
घुँड़ा टेके नम्रतासाथ, त्यस्तै हामी सर्वदा पारौँ ख्रीष्टको चरणमा ।
Verse
जस्तै पुजे प्रभुलाई बहुमूल्य भेटी ल्याई, त्यस्तै हर्षसाथ हामी
पाप-भूलदेखि शुद्ध बनी चढ़ाऔँ तन-मन-धन तपाईं स्वर्गीय राजा येशूलाई ।
Verse
शुद्ध येशू बाटोमा हामीलाई डोर्याउनुहोस् सदा अनि बितेपछि ज्यान
स्वर्गमा पुर्याउनुहोस् प्राण, जहाँ छैन घाम-तारा, सब छन् उज्ज्वल तपाईंमा ।