KB · Hymns · #47
हिलमिल भई आयौँ
Am2/2
Chorus
हिलमिल भई आयौँ नि जन्म उत्सवमा गायौँ नि
संकट पार लगायौँ नि, जगलाई उज्यालो गरायौ नि
Verse
यरूशलेम शहरको बेथलेहेम गाउँमा
ख्रीष्ट येशू जन्मे गाईको गोठमा, ख्रीष्ट रत्न धन आयौ नि
संकट पार लगायौ नि, जगलाई उज्यालो गरायौ नि ।
Verse
परमलोकमा महिमा मानिसमा मिलाप
तारणहारको जन्म आधा रातमा शान्तिको राजा आयौ नि
संकट पार लगायौ नि, जगलाई उज्यालो गरायौ नि ।