KB · Hymns · #721
टाढो हुँदा परमेश्वरदेखि
G3/4Translated
Verse
टाढो हुँदा परमेश्वरदेखि, हृदय थियो अन्धकार
पाएँ ज्योति ख्रीष्टको वचनमा, र ख्रीष्ट ममा जिउँछन् ।
Chorus
ख्रीष्ट ममा जिउँछन्, ख्रीष्ट ममा जिउँछन्
यो उदेकको मुक्ति हो, येशू ममा जिउँछन् ।
Verse
सूर्यको ज्योतिका किरणले, फूकहरू फक्रेझैं
जीवन ज्योति प्रेम मबाट, ख्रीष्टद्वारा देखिँदछन् ।
Verse
एक सुन्दर फूल बीउभित्रदेखि, निस्केर फूलेझैं
चम्किन्छ ज्योति जीवनको, हो ख्रीष्ट ममा जिउँछन् ।
Verse
भरपूर छ हृदय यो तृष्णाले - उहाँजस्तै हुनपाऊँ
मग्न यो मीठो वचनमा - “येशू ममा जिउँछन्” ।