KB · Hymns · #197
तिम्रो मनको ढोकामा येशू
Em4/4
Chorus
तिम्रो मनको ढोकामा येशू ढकढक्याउँछन्
खोल तिम्रो ढोका उनी आउन चाहन्छन्
Verse
हुन माग्दछन् उनी तिम्रो पाहुना आज
तिम्रो शोक र फिक्री उनले उठाउन माग्छन् ।
Verse
आउन माग्छन् उनी भित्र तिम्रो मनमा
रात-दीन तिम्रो मनमा उनी माग्छन् बस्न ।
Verse
मधुर शब्दले भन्छन् भरेँ तिम्रोलागि
छोड़ अशुद्ध कर्म खोल द्वार आउँदैछु ।
Verse
तिम्रोलागि मैले लगाएँ काँढ़े मुकुट
तिमीलाई म महिमाको मुकुट पहिराउँछु ।
Verse
खोल्दछु म ढोका मनको, हे प्रभु येशू
आई यसमा रहनुहोस् माग्दछु म मनले ।
Verse
प्यारो येशू भन्छन् अब बिन्ती गर्दछु
समय यो गइगयो आउँदैन फर्की ।