KB · Hymns · #540
यहोवा, यहोवा, यहोवा मेरा असल गोठाला
C4/4
Chorus
यहोवा, यहोवा, यहोवा मेरा असल गोठाला (२)
Verse
उराठिलो मरुभूमि चारैतिर भए पनि (२)
सुख चैनको पानी निर मलाई सधैं डोर्याउनेछन् ।
खड़ेरीमा छट्पटिँदै जिउनु परेता पनि
हरियो खर्कमा निरन्तर आनन्दका साथ चराउँनेछन् ।
Verse
आफ्ना जनहरूको बीचमा धार्मिकता ल्याइकन (२)
मेरो आत्मालाई सधैं पुनर्जीवित पार्नेछन्
अन्धकारमा मैले नित्य हिँड़्नु परेता पनि
खतरादेखि मलाई हरदिन तिम्रा निम्ति बचाउनेछन् ।
Verse
मेरो शिरलाई उत्तम तेलले अभिषिक्त पारेर (२)
आफ्नो भोजमा सामेल हुन मलाई पवित्र बनाउँनेछन्
भरिएर पोखिँदछ मेरो कचौरा निश्चय करुणा भलाउले
जीवन भर मलाई हरदम पछ्याउनेछन् ।