KB · Hymns · #692
रहरमा होइन न त करैमा
A3/4
Chorus
रहरमा होइन न त करैमा साहसमा होइन न त डरैमा
तर चाहेर नै मैले ख्रीष्टलाई अँगाले मुटुभित्र उनको प्रेम सँगाल
हृदयमा नै ख्रीष्टलाई बसाएँ बुझेर नै सदालाई अँगाल
Verse
कसैको होहोरीमा, न कसैको प्रलोभनमा न आफ्नै स्वर्थमा (२)
होइन मैले अँगालेको बुझेर नै अँगालेको (२)
Verse
स्वधर्मलाई त्यागेको होइन, न पुर्खालाई लत्याएको न विदेशी नै भएको (२)
सत्य मैले अँगालेको बुझेर नै अँगालेको (२)