KB · Hymns · #567
हिमाली हावैले यो सुन्दर देशमा
D4/4
Chorus
(हिमाली हावैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ) (२)
यो सन्देश सुनेर मनैमा गुने जीवन पाउँदछ
Verse
(आजको रीति धर्म र कर्म बुझ्दैन यो मर्म) (२)
दु:खको देशमा नहुने भाग्य पापको यो शर्म
नि दाजै पापको यो शर्म ।
Verse
(जीवनको सन्देश आजको बाटो लेऊ येशू प्रभुमा) (२)
त्यागेर संसार शान्तिको जीवन जिउनुछ उनैमा,
नि लै लै जिउनुछ उनैमा ।
Verse
(येशूको वाणी जीवनको पानी सित्तैमा पिउनुछ) (२)
विश्वास गरी सत्यले भरी अनन्त जिउनुछ,
नि लै लै अनन्त जिउनुछ ।