KB · Hymns · #775
कलवरीको डाँडामा श्रापित क्रूसलाई
G3/4
Chorus
कलवरीको डाँडामा श्रापित क्रूसलाई रङ्गायौ
आदम देखिको पापलाई तिमीले क्रूसमा टङ्गायौ । (२)
Verse
अनमोल रगत र मृत्युद्वारा, व्यवस्था तिमीले पूरा गर्यौ,
हामी पापीलाई आज तिमीले, प्रशस्त अनुग्रहमा भर्यौ (२)
Verse
आशै थिएन अन्योलमा थियौं, थुप्रै दिनहरू व्यर्थमा जियौं,
बगायौ तिमीले रगतको धारा, हामी पापीलाई दिन छुटकारा (२)