KB · Hymns · #57
एक दिनको कुरा गालीलमा जब प्रभु येशू घुम्दथे
D4/4Translated
Verse
एक दिनको कुरा गालीलमा जब प्रभु येशू घुम्दथे
सब आमाहरू नानीहरूलाई उनकहाँ ल्याएथे ।
Verse
उनले काखमा लिई हरेकलाई प्रेमले आशिष्को हात राखे
यी सानाहरू मकहाँ आउन देऊ, प्रभुले भनेथे ।
Verse
खुशी विचार र नम्र स्वभाव एक-एर्कालाई देखाई दया
हे प्रभु, मेरो हृदयमा तपाईंको स्वर्ग बनोस् ।
Verse
यस रहरलाग्दो संसारमा ईश्वरको प्रेम र महिमा
जसले भेट्छ त्यो धन्य होस् सब ठाउँमा ईश्वर छन् ।