KB · Hymns · #837
मेरो मसीह मेरो निम्ति क्रूर क्रूसमा बलि भए
Em3/4
Chorus
मेरो मसीह मेरो निम्ति क्रूर क्रूसमा बलि भए (२)
Verse
गरेथें मैले पाप दुष्ट जगतमा, क्षमाको योग्य म थिइनँ (२)
धार्मिकता मेरा थाङ्ना सरह थिए, पाप त पाप नै भए (२)
Verse
प्रतिपल जीवनका रक्षक तिमी (२)
हात दिई सदैव सम्हाल्दछौ (२)
Verse
किन चुन्यौ प्रभु, म तुच्छलाई (२)
प्रेम प्रकट गरी त्यस क्रूर क्रूसमा ? (२)
Verse
अविश्वासी बनी टाढा म गएँ, प्रेमले अँगाली रह्यो (२)
कति महान् प्रेम प्रभु तिम्रो, सम्झी सम्झी प्रशंसा गर्छु (२)