KB · Hymns · #828
ख्रीष्टको मिलन यस्तै रहोस्
E4/4
Chorus
ख्रीष्टको मिलन यस्तै रहोस् (२)
यी हाम्रा हृदयहरू (वचनझैं पवित्र होइरहोस्) (२)
Verse
हिमालभन्दा अझ अग्लो, सागरभन्दा अझ गहिरो (२)
ख्रीष्टको माया सधैं सधैं अटल भै बढ्दै जाओस् (२)
Verse
प्रभुको माया पूर्ण छ यहाँ हिँड्नुछ एउटै आत्मिक बाटोमा (२)
एउटै आत्मिक बाटोमा सहारा प्रभुको पाइरहोस् (२) ।