KB · Choruses · #177
ईश्वरले आफ्नो पुत्रलाई संसारमा पठाए
D4/4
Verse
ईश्वरले आफ्नो पुत्रलाई संसारमा पठाए
र क्रूसमा मरीकन हामीलाई बचाए
के दिनु ? के दिनु ? म येशूलाई के दिने,
त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?
Verse
म अति सानो पाठोलाई कि उनलाई मनपर्छ
र मैले दिएको थोक उनले ग्रहण गर्छन्,
के दिनु ? के दिनु ? त्यो बड़ो प्रेमको,
त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?
Verse
म सधैँ बाइबल पढ्दछु, आज्ञाकारी हुनलाई
म सधैँ प्रार्थना गर्दछु, उनको इच्छा बुझ्नलाई ।
के दिनु ? के दिनु ? म येशूलाई के दिनु,
त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?