KB · Hymns · #105
त्यो क्रूसमा जब हेर्दछु
D3/4Translated
Verse
त्यो क्रूसमा जब हेर्दछु जसमा मारिनुभो’ येशू
धन-सम्पत्ति म तुच्छ ठान्छु घमण्ड त्यागी नरम हुन्छ ।
Verse
येशूले भोगे मृत्यु-दण्ड खाली यसमा गर्छु घमण्ड
मलाई लोभ्याउने थोकहरू म उनको लागि त्याग्दछु ।
Verse
लौ उनको शिर, हात, पाउदेखि हेर दुःख र प्रेम मिसी बग्यो ।
छ शिरमा काँड़ा बुनेको के अघि यस्तै मुकुट थियो ?
Verse
सब संसार भए ता मेरो, त्यो पनि तुच्छ दान हुन्थ्यो
लौ यत्रो प्रेमको योग्य दान हो जीवन, आत्मा, जीउ र प्राण ।