KB · Hymns · #369
म अति निर्बल, तपाईं प्रबल
C4/4
Verse
म अति निर्बल, तपाईं प्रबल, कसरी हुनु पार ?
न देवी-देवता, येशू नाउँ एउटा, नावै छ तारणहार ।
Verse
तूफानै भारी नाउ छ वारि, गराइदेऊ मलाई पार
भवसागर तर्नु केही शक्ति छैन, उपाय देऊ तारणहार ।
Verse
यो नाउ भारी गरिदेऊ वारि बिन्ती छ बारम्बार
सबले जानोस्, सबले मानोस् येशू नाउँ तारणहार ।
Verse
संसारैभरि पापको भारी, उद्धार देउ दिनानाथ
विलाप गर्छौं, शरण पर्छौं आउँदछौँ तपाईंसाथ ।
Verse
तपाईं प्रेमी, तपाईं न्यायी जगत्का पालनहार
आत्मा देऊ प्रभु, सबैलाई बुझ्ने, तपाईं तारणहार ।