KB · Hymns · #532
नयाँ घरको शुरुले सुन्दरता ल्यायो
E4/4
Chorus
नयाँ घरको शुरुले सुन्दरता ल्यायो
परमेश्वरले दुवैलाई एक बनाए
योजना परमेश्वरको अब पूरा भो’
यस कार्यले उनलाई महिमा पुर्यायो
Verse
(प्रेम अधिकार यस घरमा बसोस्,
प्रभुको साक्षी सधैँ फैलियोस्) (२)
ख्रीष्टियान घरको उदाहरण बनी (२)
अरू घरलाई पनि प्रभुमा ल्याओस् ।
Verse
(बिन्ती यो हाम्रो प्रभुमा राख्छौँ
प्रार्थनाले नव-दम्पत्तिलाई ढाक्छौँ) (२)
इच्छा यो तपाईंको पूरा होस् भन्दै (२)
कामना हामी सबै प्रभुमा राख्छौँ ।