KB · Hymns · #783
येशू प्रभुको प्रेम छ अनन्त
G4/4
Verse
येशू प्रभुको प्रेम छ अनन्त, उनको सामर्थ्यले भएँ मुक्त
रगतले किने प्राण मेरो, म अब हुँ उनको ।
Chorus
म अब हुँ येशूको, येशू हुन मेरो
अनन्त अनन्तसम्म, ख्रीष्ट मेरो म उनको ।
Verse
पापको श्रापमा तड्पिरहँदा, ख्रीष्ट येशू आए दिन छुटकारा
येशूको मरणमा जीवन मिल्यो, म अब हुँ उनको ।
Verse
बन्धन मुक्त यो हृदय रमाउँछ, क्रूसले पापका साङ्ला तोडेछ
येशू मरे दाम तिर्न मेरो, म अब हुँ उनको ।