KB · Hymns · #637
मीठो सपना लिएर नवीन आशा बोकेर
Gm3/4
Chorus
मीठो सपना लिएर नवीन आशा बोकेर (२)
मुक्तिदाता प्रभु येशूको शुभ सन्देश लिएर
म बाँचिरहेछु म हाँसिरहेछु (२)
Verse
म बाँड़्न चाहन्छु यी खुशीहरू जो मैले येशूबाट पाएको छु (२)
म भन्न चाहन्छु यी संसारलाई येशूकै मायामा बाँचेको छु ।
Verse
देखाउन सकूँ म यी स्वरुपलाई प्रतिबिम्ब बनाइ म आफैलाई (२)
हेर्न सकून् जगत्ले आज मेरो जीवनमा ख्रीष्ट येशूलाई ।