KB · Hymns · #437
धन्यवाद होस् ईश्वरलाई बाली काट्ने भो समय
G4/4Translated
Verse
धन्यवाद होस् ईश्वरलाई, बाली काट्ने भो’ समय
सब सुरक्षासाथ घरमा अन्न छ बटुलेका,
सृष्टिकर्ता ईश्वरले हामीलाई सब जुटाए
मण्डली आऊ परमेश्वरको बाली काट्ने समय भो’ ।
Verse
हामी ईश्वरको बारीमा फल्छौँ भने छ स्तुति
गहूँ र साथै झारपात छन्, दुःख वा सुखमा उम्रिन्छन्,
पहिले बीउ र बोट अनि देखा पर्दछ बाली
प्रभु हामी त्यस्तै होऔँ अन्न, चोखो शुद्ध बनौँ ।
Verse
हाम्रा प्रभु आउनेछन्, फसल घरमा लानेछन्
जे-जे उनलाई लाग्छ घिन, हटाइदेलान् त्यसै दिन,
झार-पात स्वर्गदूतगणलाई फाल्न देलान् आगोमै
तर अन्न धन्सारमा राखिदिनेछन् सदा ।
Verse
प्रभु चाँड़ै आउनुहोस्, फसल घरमा लानुहोस्
जम्मा गराई मण्डली शोक पापदेखि पखाली,
स्वर्गमा नित्य बस्नेछन्, शुद्ध पारिएका जन
फसल घरमा लैजान चाँड़ै आउनुहोस्, प्रभु ।