KB · Hymns · #820
काँडे मुकुट गिल्ला र क्रूस
Am4/4
Chorus
काँडे मुकुट गिल्ला र क्रूस तपाईंले रोज्नु भयो
बचाउन म पापीलाई, पिताकै इच्छा स्वीकार गरी
दण्ड भोग्नुभयो बचाउन म पापीलाई (२)
Verse
मूल्यहीन मेरो जीवनलाई बहुमूल्य बनाउनलाई
मजस्तो अघोर अपराधीलाई दण्डबाट बचाउनलाई
मेरा पापहरू स्वीकार गरी दण्ड भोग्नुभयो (धन्यवाद तपाईंलाई) (२)
Verse
समर्पण गर्छु अब यो जीवन तपाईंकै मनझैं हुनसकोस्
तपाईंको निम्ति सङ्घर्ष गर्दै दिन वा दिन यो मन रमाओस्
अनुग्रहलाई स्वीकार गरी हिँड्न चाहन्छु प्रभु (सामर्थ्य दिनुस् अब) (२)