KB · Hymns · #832
वचन त्यो प्रेम पत्र हो
G4/4
Chorus
वचन त्यो प्रेम पत्र हो, प्रेमी हाम्रो परमेश्वरको (२)
Verse
बुद्धिमान हुन यसलाई पढौ, सुरक्षित हुन विश्वास गरौं
पवित्र हुन पालन गरौं
सम्हाली राखौं जीवनलाई, संगाली राखौं वचनलाई ।
Verse
डोर्याउनलाई बाटो र ज्योति, स्वास्थको लागि भोजन रोटी
दुःखीको लागि सन्त्वना निहित छ
स्वर्ग यहाँ खोलिएको छ, नरकको ढोका बन्द छ ।
Verse
वचन हाम्रो तरवार हो, पापीहरुको भाग्य हो
वचन हाम्रो अघिकार पत्र हो
यो हाम्रो जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ ।