KB · Hymns · #768
सुसमाचारमा विश्वास गर
Chorus
सुसमाचारमा विश्वास गर छैन भरोसा यो जिन्दगीको (२)
Verse
फूलजस्तो छायाजस्तो जीवन तिम्रो हाम्रो (२)
क्षरभङ्गुर जीवनभन्दा (२) अजम्मरी राम्रो । (२)
Verse
धर्म-कर्म, पौव-पाटी, दान-पूण्य गरी (२)
पुग्नेछैनौ स्वर्गमा (२) भवसागर तरी । (२)
Verse
कोही छैन संसारमा उद्धार गर्न सक्ने (२)
महान प्रभु येशू मात्र (२) स्वर्ग लान सक्ने । (२)
Verse
आफ्नो रगत बगाई-बगाई क्रूसमा प्राण दिने (२)
तिम्रो हाम्रो पापलाई धोई (२) उज्जर पारिदिने । (२)
Verse
सुनी-बुझी सुसमाचार खोजी गर दाइ हो (२)
पापको ज्याला मृत्यदेखि (२) होशियार बस भाइ हो । (२)