KB · Hymns · #9
धन्य धन्य परमेश्वर
D2/2
Verse
(धन्य-धन्य परमेश्वर, जगत्कर्ता धन्य हौ) (२)
स्वागत गरी तिमीलाई स्तुति चढ़ाउँछौँ,
अनेक ग्रह, प्रकृति, मानिस सबलाई बनायौ
प्राणी सबलाई आशिष् दिई, जगमा फैलायौ ।
Verse
(हे नाथ, प्रभु परमेश्वर, मतभेद हुन्थे जगमा) (२)
मानिस पापमा फसेथे’, गर्दथे’ विलाप,
दूतले भने स्वर्गलोकमा हुन्छ सदा महिमा
पृथ्वीमा खुशी हवस्, मानिसमा मिलाप ।
Verse
(तिमी सबको स्वामी भई मुक्तिको मार्ग देखायौ) (२)
पापको अन्त गर्नलाई ख्रीष्टलाई पठायौ,
हुँदैन अन्त प्रेमको, प्रेमको लिप्त दयालु प्रभु
धन्यवाद चढ़ाई स्तुति गाउँछौँ, परमेश्वरको ।
Verse
(हे परमेश्वर, तिमीलाई यी क्षुद्र विनय चढ़ाउँछौँ,) (२)
पश्चात्तापी भई पापलाई प्रकाश गराउँछौ ।
ती हाम्रो पाप सब क्षमा देऊ, सदैव राख आफ्नो छेऊ
अन्त्यमा जगत् छोड़ी आउँदा हाम्रो आत्मा लेऊ ।