नानीहरूको लागि दैलो उघारिदेऊ
D6/8
Verse
नानीहरूको लागि दैलो उघारिदेऊ
असल गोठालोको खोरमा तिनलाई भेला गरौँ,
कोही त टुहुरा-टुहुरी, कोही ता साह्रो लाचार
सब नानीहरूको लागि उघारौँ खोरको द्वार ।
Chorus
खोरको दैलो, खोरको दैलो, खोरको दैलो उघारौँ
असल गोठालोको खोरमा नानीलाई भेला गरौँ
Verse
नानीहरू त आउँछन्, दैलो उघारिदिऔँ
यिनैलाई खोरमा बसाई ख्रीष्टको शिक्षा दिऔँ
प्रार्थना गरी उघारौँ धर्मको खोरको दैलो
याद गरौँ ईश्वरको राज्यलाई यस्तैहरूको हो ।