KB · Hymns · #31
शान्तमय रात
A3/4Translated
Verse
शान्तमय रात, शान्तमय रात, येशू ख्रीष्ट कृपानाथ
विश्वका सर्वश्रेष्ठ तारणहार
लिए गोठैमा सत अवतार, (बेथलेहेम शहरमा) (२)
Verse
शान्तमय रात, शान्तमय रात, जयजय गाऔँ दूतगणसाथ,
बालक सुन्दर जन्मेका छन्
बालक ईश्वरका पुत्र हुन्, (येशू हो उनको नाउँ) (२)
Verse
शान्तमय रात, शान्तमय रात, येशू ख्रीष्ट हर्षसाथ,
आए स्वर्गदेखि जगत्मा
पापी मानिसको खोजीमा (स्वागत गरौँ उनलाई) (२)