KB · Hymns · #698
विश्वासीलाई लिनलाई प्रभु आउनेछन्
C4/4
Chorus
विश्वासीलाई लिनलाई प्रभु आउनेछन्,
निराश नभई पर्ख है प्यारा ख्रीष्टीय जन ।
(राजदूत तिमी हौ येशू राजाको) (२)
(पूरा हुन्छ प्रतिज्ञा महान् प्रभुको) (२)
Verse
मृतकहरू बौरिउठ्छन्, चिहान रित्ता हुनेछन्
आकाशमा प्रभुकासाथ भेट्न जम्मा हुनेछन् ।
(समय लाग्दैन प्रभु आउनेछन्) (२)
(आफ्ना प्रियहरूलाई साथमा लानेछन्) (२)
Verse
निराश नभई दौड़ है प्रेरित पावल दौड़ेझैँ,
आफ्ना दौड़ पूरा गर्दै ख्रीष्टमा झन् नजीक बढ़्दै ।
(पाउनेछौ तिमीले कामको पूरा फल) (२)
(मेहनत गर्न नथाक निकाल पूरा बल) (२)
Verse
विश्वास गर प्रभुमा दानिएलले गरेझैँ,
अनुग्रह र आशिष्मा अझै तिमी डुब्नेछौ
(खेर जाँदैनन् तिम्रो सबै काम) (२)
(अवश्य नै पाउनेछौ तिमीले इनाम) (२)