KB · Hymns · #134
येशू चाँड़ै आउनुहुन्छ बादलमा
G2/4
Verse
येशू चाँड़ै आउनुहुन्छ बादलमा, यहूदीहरू आउँदैछन् त्यस बेला (३)
तुरही फुकिजानेछ त्यस बेला (३), पापीहरू के गर्नेछन् त्यस बेला (३)
Verse
विश्वासी मुर्दा उठ्नेछन् (३), महिमाको शरीर हुन्छ (३)
दुःख शुरू हुन्छ संसारमा (३), हावामा मण्डली जानेछन् (३)
Verse
सबै भक्त भेट हुनेछन् (३), स्वर्गीय मुकुट पाउनेछन् (३)
थुमाको भजन हुनेछ (३), आँसु सबै पुछिदिनेछन् (३),
Verse
येशूलाई दण्डवत् गर्नेछन् (३), जयजयकारको ध्वनि हुन्छ (३)
जैतूनमा येशू आउनेछन् (३), येशूले राज्य गर्नेछन् (३)
Verse
आखिर न्याय हुनेछ (३), पापी आगोमा जानेछन् (३)
तिमी के हुन माग्छौ (३), पश्चात्ताप गरिहाल (३)
Verse
नयाँ स्वर्ग र नयाँ पृथ्वी (३), जसमा बेहुला-बेहुली बस्छन् (३)
मृत्यु, शोक, कष्ट हुँदैन (३), शैतान फेरि हुनेछैन (३)
Verse
ईश्वर सबमा हुनुहुन्छ (३), हल्लेलूयाह सबले भन्छन् (३)
सधैँ आनन्दित हुनेछन् (३), सबै जन तयारी होऊ (३)