KB · Hymns · #101
हे ईश्वर, तिम्रो यो विचार
D72/2
Chorus
हे ईश्वर, तिम्रो यो विचार मेरो निम्ति अति अनमोल छ
तिम्रो करुणा मप्रति सदासर्वदा बनिरहनेछ
Verse
आज चढ़ाउँछु धन्यवाद प्रभुलाई, मेरो जिब्रोले तिम्रो प्रशंसा
बढ़ाइ, स्तुति र गुणादि गाउनेछु कारण तिमी मेरो मुक्तिदाता ।
Verse
विनाशको कुण्डमा पुगिसकेकोलाई दया भो’ तिम्रो बचाउने मलाई
संकष्ट र मृत्युदेखि बचाउनलाई दियौ क्रूसमा बलिदान येशूलाई ।
Verse
गरेथेँ मैले पाप दुष्ट जगतमा मैले सहनुपर्नेथ्यो दण्ड यसमा
तर सहे येशूले कष्ट क्रूसमा दिनलाई नयाँ जीवन संसारमा ।
Verse
सक्तिनँ प्रभु बस्न चूप यहाँ नगरीकन प्रशंसा तिम्रो
नचढ़ाई हुन्न धन्यवाद तिमीलाई सम्झेर अथाह प्रेम ख्रीष्ट प्रभुको ।