प्रार्थना छ हाम्रो हृदयदेखिको
E4/4
Chorus
प्रार्थना छ हाम्रो हृदयदेखिको स्वर्गीय पितालाई
गीत छ हाम्रो बधाईको यी नयाँ जोडीलाई ।
Verse
खुशी छौं हामी आजको यो शुभ दिनैमा
धन्यवादी छौं सबै उहाँकै योजनामा
महिमा र आदर चढाउँछौं प्यारो प्रभुलाई
प्रशंसा र जय जयकार प्रेमी प्रभुलाई ।
Verse
याकूब र राहेलको बीचमा जस्तै प्रमाढ प्रेम
यी दुई नयाँ जोडीमा यस्तै प्रेम रहिरहोस्
अब्राहाम र साराको जस्तै दृढ विश्वास
यी दुई नयाँ जोडीको जीवनमा भइरहोस् ।
Verse
दु:ख र सुख संकष्ट, क्लेश, परीक्षामा पनि
पितालाई प्रार्थना र बिन्ती पुका सधैं गर्दै
जीवनको यात्रामा संघर्ष सँगै गर्दै
परमेश्वरको सधैं नै इच्छा र अगुवाइमा ।
Verse
प्रभुको काम प्रशस्त गर्दै फलवन्त सधैं बनी
उहाँकै सेवा जीवन भर एकै साथ सँगै गर्दै
एक अर्कालाई उत्साह दिँदै आशिष् सबैलाई बाँड्दै
सधैं भरि अघि बढून् प्रभुमा भर पर्दै ।