KB · Hymns · #799
येशूको प्रेमलाई सम्झन्छु
A3/4
Chorus
येशूको प्रेमलाई सम्झन्छु चूर्ण हृदय लिई म आउँदछु
क्रूसको अघि म झुक्दछु हृदयको भेटी चढ़ाउँदछु ।
Verse
रगतको थोपा चुहाउँदै सहे उनैले त्यो महा दुःख
तर यी सबै सहे उनैले मलाई छुटकारा दिनलाई ।
Verse
प्रभुको प्रेम पवित्र छ रगतको धारा आलो छ
जब यस प्रेमलाई सम्झन्छु धन्यवादी भई झुक्दछु ॥