KB · Hymns · #80
दाऊदवंशी येशू ख्रीष्टको स्तुति गर
D4/4
Verse
दाऊदवंशी येशू ख्रीष्टको स्तुति गर, हे भाइ (२)
स्वर्गबाट ओर्लिआए बचाउन हामीलाई (२)
होसन्ना होसन्ना, आनन्द जगत्मा ।
Verse
मानिस अवतार गरी धारण आए नरलोकमा (२)
अमोल प्राण त्यागी सबलाई पारेनन् शोकमा (२)
होसन्ना येशू नाउँ दिए स्वर्ग लोक ।
Verse
पिता ईश्वर, महिमा उनको सारा संसारमा (२)
चन्द्र, सूर्य, सृष्टि सारा मिली भनून् महिमा (२)
होसन्ना, होसन्ना, नयाँ यरूशलेममा ।