KB · Hymns · #677
आयो क्रिसमस फेरि फर्केर
E4/4
Chorus
आयो क्रिसमस फेरि फर्केर
(हाँसौ खेलौँ दाजुभाइ हे दिदीबहिनी) (२)
मुक्तिदाताको जन्ममा (२) गुञ्जाऔँ डाँड़ाकाँड़ा (२)
Verse
मेरो हर्ष तिम्रो आनन्द प्रभुको जन्मको यही सन्देश (२)
बाड़ौँ प्रत्येक दिनलाइ, आज मुक्तिदाताको जन्ममा (२)
Verse
यही चढ़ाउँ यही बेला मीठो मौसम हर्षको गीत (२)
गाऊँ प्रत्येक दिलले, आज मुक्तिदाताको जन्ममा (२)