KB · Hymns · #256
मेरो साटो मर्नु एकजना ‘थे तयार
D4/4
Verse
मेरो साटो मर्नु एकजना ‘थे तयार कि म पापीले पाऊँ जीवन
आफ्नोमाथि बोके मेरो पापको सब भार, येशूले त्यगिदिए आफ्नो प्राण ।
Chorus
हेर क्रूसमाथि त्यो काँटीले ठोकेको, कति गह्रौँ ‘थ्यो सब पापको भार
दुःख थियो त्यसमाथि ख्रीष्ट गए कलवरी र त्यहाँ गरे मेरो उद्धार
Verse
हेर अचम्मको प्रेम जब उनले धीरजसाथ मनको मैला निकाल्छन् मेरो
खुशी छु यसकारण येशू हुन् मेरा नाथ, दोष सबै क्रूसमा टाँगिसक्यो ।
Verse
म येशूकहाँ आउँछु, खुशीसँग बस्छु, दिन-दिनै उनको पछि हिँड़्छु
स्तुति होस् हे प्रभु प्रार्थना यही हो मेरो, पाप भूल तपाईंले मेटाउनुभो’ ।