KB · Hymns · #483
हे सारा पृथ्वीका मानिस हो
G2/4
Chorus
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाऔँ
आनन्दसाथ उनको सेवा गर, भजन गाएर उनको सामने आओ
Verse
परमप्रभु नै परमेश्वर हुन्, उहाँले हामीलाई बनाउनुभयो (२)
हामी उहाँका प्रजा अनि उहाँका खर्कका भेड़ाहरू हौँ (२)
Verse
धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस (२)
उहाँलाई धन्यवाद चढ़ाऔँ, उहाँको नाउँलाई धन्यको भन (२)
Verse
परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि छ (२)
अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ (२)