KB · Hymns · #611
कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर
A4/4
Chorus
कहाँसम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर (२)
दुइ बाटो बनिएको छ (२)
एउटा बाटो फराकिलो छ, बालामसम्म पुग्ने
अर्को बाटो यस्तो पनि छ, ख्रीष्ट येशूसम्म पुग्ने
कहाँ जाने हो कता जाने हो निर्णय गर (२)
Verse
मृत्युको डरले आजीवन भरी दासत्वमा फँसेकाहरूलाई
डाँड़ाकाँड़ा देउराली भन्ज्याङ्ग वर पिपलमा अल्झेकाहरूलाई
(आकाश छिचोलेर जाने येशूले) (२), छुटकारा तिमीलाई दिनेछ ।
Verse
विरहमा जल्ने मानवलाई हरपल सताउने गर्दछ
धरतीलोकमा बिन्ती सुन्ने एक उद्धारकर्ता छ
(बैकुण्ठधाम उनको राज्य छ) (२), येशूमा मात्र प्रवेश छ ।