KB · Hymns · #474
सारा सृष्टिको मालिक तपाईंलाई
G3/4
Chorus
सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई
हाम्रो हृदय समेतले आदर प्रणाम्, सदैव होस् तपाईंको गुणगान
ह ह ह हल्लेलूयाह (७) आमिन्
Verse
(सब संसार टलेर जानेछ, टल्ने छैन तपाईंको वचन
बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२)
Verse
(नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति
प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)