KB · Hymns · #683
यो जीवनको गोरेटोमा
A4/4
Chorus
यो जीवनको गोरेटोमा हुरी आँधी आइदिँदा
प्रभु सम्हालिदेऊ यो जीवनलाई
अँगालिदेऊ विवशतालाई जीवनको गोरेटोमा (२)
Verse
जब सान्त्वना हुन्छ, तिम्रो वचनले म एकलो परेको बेला (२)
हृदय भरेर पोखिन्छ खुशी हर्षले यहाँ तिम्रो साथ भएको बेला
Verse
सम्हाली राख्न सकूँ ती बाचाहरू “म फेरि आउँछु” भन्ने (२)
बचाई राख्न सकूँ आशाको दियोलाई सधैँ साथ देऊ मलाई ।