KB · Hymns · #789
हल्लेलूयाह महिमा स्तुति
E3/4
Chorus
हल्लेलूयाह महिमा स्तुति बढाइँ होस् प्रभुकै (२)
Verse
शरीरलाई जिउँदो बलिदान चढाई, क्रूसको दौडलाई पूरा गरौं ।
प्रभुको सेवा निःस्वार्थ प्रेमले आत्मा, सच्चाइ साथ पूरा गरौं ।
Verse
विश्वास योग्य रहेर सधैं, प्रभुको प्रेममा बनिरहौं,
आशालु आँखाले निर्निमेष हेदैं, मसीहको दिनलाई पर्खिरहौं ।
Verse
जागी रहौं मन्तगण हामी, प्रार्थनामा नित्य लागिरहौं,
प्रयत्न गर्नमा अल्छी नगरौं, आत्मिक उन्मादले भरिरहौं ।