हामीले टेक्ने भुमि आज
Verse
(हामीले टेक्ने भुमि आज तपाईं बिना सुक्खा छ,
उजाड छ, बिरानो छ, तपाईं बिना सारा वातावरण
निराश छ, दुर्गन्धले तड्पिएको छ) (२)
को: बचाउनुहोस् येशू यो भूमि अमेरिकालाई
बचाउनुहोस् येशू यहाको जनजातिलाई
भर्नुहोस्, तपाईंको आशीषले
भर्नुहोस्, तपाईंको आत्माले
यो देशलाई, अमेरिकालाई अनि हामी भूटानी नेपालीलाई (२)
Verse
(खडेरीले चर्केको भूमि, बादलको आशामा रहेका दुक्दुकी,
आकाशमा मात्र टोलाई रहेछन दृश्टी,
यो कस्तो अचम्म देखिन्छ अनै, यहाँको जीन्दगानी) (२)