KB · Hymns · #757
म भज्छु प्रभु येशूलाई
Chorus
म भज्छु प्रभु येशूलाई, म पुज्छु प्रभु तिमीलाई
कारण मेरा जीवनका तारणहार
भज्छु प्रभु तिमीलाई, पुज्छु प्रभु येशूलाई ।
Verse
निर्मल पानीमा हरियो चराइमा, तृप्त पार्यौ तृषित प्राणलाई (२)
धर्मको पथमा पूर्ण भलाइले, गर्यौ मेरो अगुवाइ । (२)
Verse
घोर अन्धकारमा मृत्यु तराइमा, साथ रही हिँड्छौ सधैं (२)
प्रेमको ‘छडी’ अनि मृदुवाणीले, शान्ति दिँदछौ मनलाई । (२)
Verse
चाहे बिमारमा, दुःख, अभावमा, पारेनौ शोकमा मलाई (२)
आज देख्दछु त्यो स्वर्गीय भण्डारमा कपा, करुणा, भलाई । (२)
Verse
आत्मिक सेवामा, चाहे प्रचारमा, दैनिक कार्यमा पनि (२)
प्राथमिकता र आदर म दिउँला, प्रभु येशू तिमीलाई । (२)
Verse
नित्य सेवामा लागिरहुँला, अवसर देऊ प्रभु मलाई (२)
स्वर्गीय पथमा अघि बढुँला, आत्माको दीप जलाई । (२)