KB · Hymns · #38
दुनियाँ रमाऊ र ग्रहण गर
C4/4Translated
Verse
दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई,
हर मनमा होस्, उहाँलाई घर (संसार गरोस् बढ़ाइ) (२)
संसार (२) गरोस् बढ़ाइ ।
Verse
दुनियाँको ज्योति उनै हुन्, पाप क्षमा दिनेछन्,
उनले हाम्रा सबै दुःख दूर गर्नेछन् (र आशिष् दिनेछन्) (२)
र आशिष् (२) दिनेछन् ।
Verse
खुशी मनाऊ, ख्रीष्ट राजा हुन् सब जन र सबै प्राण
समुद्र र पहाड़ र खोला र मैदान (गाऊ स्तुतिको गीतगान) (२)
गाऊ स्तुति स्तुतिको गीतगान ।
Verse
उनले विश्वास र दयाले राज्यलाई फैलाउँदछन्,
आफ्नो दृढ़ सत्य विभवका बाटोले (अमोल प्रेम गर्दछन्) (२)
अमोल (२), प्रेम गर्दछन् ।