KB · Hymns · #790
हामी सुन्छौं तिम्रै वाणी
A3/4
Chorus
हामी सुन्छौं तिम्रै वाणी निहार्दछौं तिम्रै चेहरा,
प्यारा येशू, तिमी बिना सुन्दैनौं हेर्दैनौं अरू कसैलाई ।
Verse
भक्तिको भेद ता बडो गम्भीर छ, ईश्वरले मानिस रूप लिएर आए
दूतले देख्यो, प्रचार भयो जगतले विश्वास गर्यो, महिमीत भए ।
Verse
अन्धालाई आँखा, गुङ्गालाई बोली लङ्गडालाई खुट्टा शुद्ध भए कोरी,
मरेकालाई ब्यूँताइ दियौ, प्रतापमय प्रभु महिमा होस् तिम्रै ।
Verse
आफ्नै इच्छाले प्राण पनि दियौ, तर चिहानले थाम्न सकेन
मृत्युको खीललाई नै तोडी जयवन्त प्रभुले लिए फिर्ता प्राणलाई ।