KB · Hymns · #403
लड़ाइँ हुँदैछ शत्रु आउँदैछ
G4/4Translated
Verse
लड़ाइँ हुँदैछ, शत्रु आउँदैछ,
सिपाही येशूको झण्डा लेऊ
पोशाक सब लगाऊ, उनैलाई समाऊ,
उनैलाई पत्याऊ र शक्ति पाऊ ।
Chorus
हे सिपाही हो, साहस गरी उठ,
सीधा उठ, हातमा अस्त्र लेऊ
छिटो हिँड़, कराई-कराई गाऊ,
येशू आउँदैछन् तयारी होऊ
Verse
शत्रु आउँदैछन्, अघि बढ़्दै जाऊ,
नडराई गाऊ “जय येशू जय”
ढाल र झण्डा लेऊ, अघि बढ़्दै जाऊ,
स्तुति गर्दै गाऊ, येशूको जय ।
Verse
हाम्रा प्रभु प्रार्थना सुन्दछन्,
वीर सिपाही दोऊ प्रभुमा
लड़ाइँ सकिन्छ विजय पाउनेछौ,
मुकुट लाउनेछौ स्वर्गलोकमा ।