KB · Hymns · #737
गुण म प्रभु तिम्रो गाउनेछु
Chorus
गुण म प्रभु तिम्रो गाउनेछु (२), स्तुति, प्रशंसा तिम्रो गर्नेछु,
गुण म प्रभु तिम्रो गाउनेछु (२)
Verse
पापको सागरमा डुबिरहेथें आँसुको घुट्को पिई हिँडिरहेथें (२)
विचलित हृदय लिई घुमिरहेथें (२) त्यस्तो समयमा प्रभु मलाई भेट्यौ । (२)
हातमा समाती आफ्नो घरमा ल्यायौं, हातमा समाती आफ्नो घरमा ल्यायौं ।
Verse
हृदयका सब पापलाई रगतले धोइदियौ, (२) अनन्त राज्यको भागीदार बनायौ (२)
आनन्द, शान्तिले भरिदियौ मलाई (२) अनन्त जीवन दिई बचायौ मलाई (२)
आफ्नै काखमा प्रभु मलाई राख्यौ, आफ्नै काखमा प्रभु मलाई राख्यौ ।
Verse
जिउँदो आशा दिई स्वर्ग चढिगयौ मेरो निम्ति घर तयार गर्न (२)
आउनेछौ फेरि मलाई लिन (२) यही आशामा बाँचेको छु म (२)
सबै दुःखबाट छुटकारा दिनेछौ, सबै दुःखबाट छुटकारा दिनेछौ ।