KB · Hymns · #171
आदि र अन्त र जगतको ज्योति चरणमा तपाईंको आउँदछौँ
C3/4
Verse
आदि र अन्त र जगतको ज्योति चरणमा तपाईंको आउँदछौँ (२)
हल्लेलूयाह गाउँदै, स्तुति सुनाउँदै शिर निहुराउँदछौँ
Verse
अल्फा-ओमेगा र जीवनको रोटी तपाईंमा जीवन पाउँदछौँ (२)
हल्लेलूयाह गाउँदै, हात पसार्छौ, आशीर्वाद पाउँदछौँ
Verse
रगतले धोएर गर्नोस् पवित्र, पूरो पवित्रता दिनुहोस् (२)
हल्लेलूयाह गाउँदै, आशा राख्दै, तपाईंकहाँ आउँदछौँ
Verse
पवित्र आत्माको दान दिई हामीलाई, प्रतिज्ञा पूरो गर्नुहोस् (२)
हल्लेलूयाह गाउँदै, जयजयकार गर्दै, खुशीले भरिजाऔँ
Verse
दुलहा हुन् हाम्रा प्यारा ख्रीष्ट येशू, छिट्टै लिनलाई आउनेछन् । (२)
हल्लेलूयाह गाउँदै, खुशी मनाउँछौँ, स्वर्गमा लानेछन्
Verse
भरिदिनोस् प्रेमले यो हाम्रो मनलाई र बिन्ती तपाईंलाई गर्नेछौँ (२)
हल्लेलूयाह गाउँदै, हाम्रो मन जगाऔँ यो हामी माग्दछौँ