KB · Hymns · #301
येशू प्राणको शरणस्थान
Em4/4
Verse
येशू प्राणको शरणस्थान, म तपाईंकहाँ भागिआऊँ
चल्दा बाढ़ी, मेघ, तूफान, आँधीदेखि आड़ म पाऊँ
जीवन कष्ट रहुञ्ज्याल रक्षा गर्नोस् मेरो प्राण
जब आउँछ मृत्यु काल पसूँ स्वर्गीय आश्रयस्थान ।
Verse
मैले हार गुहार नपाई तपाईं माथि निर्भर छु
एकलै नछोड़ी मलाई शान्ति दिनुहोस् प्रभु,
मेरो आशा तपाईंमा मलाई सघाउने तपाईं
ढाकी आफ्नो छायामा आश्रय दिनुहोस् मलाई ।
Verse
येशू खाली तपाईंलाई म अपनाउन चाहन्छु
मनको आपद, दुःख हटाई लौ डोर्याउनुहोस् प्रभु,
म ता सब अशुद्ध छु, भरेको पाप कपटले
तपाईं पवित्र प्रभु भरेको अनुग्रहले
Verse
मेरो पापलाई ढाक्ने छ माफ प्रशस्त तपाईंमा
दया-खोला बगेर पारिराखोस् मन सफा,
जीवनदाता लौ मलाई पिउन दिनोस् जीवित जल
मनमा बन्नोस् मूल तपाईं उम्रिरहोस् सदाकाल ।