KB · Hymns · #230
जगत्को तारणहार हाम्रो ख्रीष्ट राजा
D6/8
Chorus
जगत्को तारणहार, हाम्रो ख्रीष्ट राजा (४) जगत्को
Verse
हाम्रो निम्ति स्वर्ग छोड़ी आए जगत्मा (२)
बलि भए हाम्रो निम्ति कलवरीको क्रूसमा (२)
Verse
पापको उद्धार गर्न आए ख्रीष्ट येशू राजा (२)
पश्चात्तापी हृदयलाई क्षमा दिन्छन् आज (२)
Verse
सत्यताको वचन दिए सारा जनतालाई (२)
ख्रीष्टमा विश्वास गरे हामी पार तर्छौं भाइ (२)
Verse
ख्रीष्टको अमोल वचन पाई पापदेखि फर्क (२)
पापदेखि फर्क्यौं भने पाउँछौँ आनन्द स्वर्ग (२)