KB · Hymns · #465
नवीन सालको प्रथम दिनमा
F2/2
Chorus
नवीन सालको प्रथम दिनमा हर्ष हामी आज मनाऔँ
यही समय प्रभु याद लिई नवीन हामी जीवन अपनाऔँ
Verse
प्रभु येशू उद्धारकर्ता अद्भुत त्राता तारणहार
उनको करुणा याद सदा लिई नवीन हामी जीवन अपनाऔँ ।
Verse
प्रभु हामी शरण पर्छौं सबै जीवन अर्पण गर्छौं
तपाईंको सेवा सदाभर नै कामना मनमा यही रहोस् ।