KB · Hymns · #453
बोलाउनुहोस् हामीलाई प्रभु
C2/2
Chorus
बोलाउनुहोस् हामीलाई, प्रभु, हामी बालकलाई
छैन हाम्रो जगमा कोही तपाईं छोड़ी गुहार हाम्रो गर्ने
Verse
फिर्दछ भेड़ाझैँ गोठालाविनाका
बोलाउनुहोस् हामीलाई स्वर्गीय राज्यमै ।
Verse
हामीजस्तो बालकलाई स्वर्गीय राज्य दिनलाई
रुखो वचन शिक्षेलाई प्रिय हामीलाई ।
Verse
धन्य, माता-पिताले हामीलाई प्रभु चिनाए
पापीको विलाप सुन्नलाई ख्रीष्ट रमाए ।
Verse
रोई-रोई म आउँदा शान्ति पाउन तपाईंमा
आँसु पुछी राख्नुहोस् हात शिरैमा ।